(१) ऐनको दफा ४१ अन्तर्गत दर्ता खारेज गरिएको कारण विघटन भएको संस्था वा संघको कोषबाट देहाय बमोजिमको प्राथमिकता क्रम अनुसार देहायमा लेखिएका कामको लागि खर्च गर्न सकिनेछ :–
(क) विघटनको कामको निमित्त भएका खर्चहरू फछ्र्यौट गर्न,
(ख) कर्मचारीको तलब भत्ता दिन,
(ग) ऋण भुक्तानी गर्न,
(घ) अन्य भुक्तानी दिनु पर्ने रकमहरू दिन,
(ङ) शेयर पू“जी फिर्ता दिन,
(च) लाभा“श नबाडिएको समय जतिको हकमा प्रति वर्ष शेयर पूजीको आठ प्रतिशतका दरमा नबढ्ने गरी लाभा“श वितरण गर्न ।
(२) कुनै संस्था वा संघको विघटनको काम समाप्त भै सकेपछि पनि सो संस्था वा संघको कुनै साहूले वितरणको योजना अनुसार पाउनु पर्ने रकम लिन नआएमा विघटनको काम समाप्त भएको मितिले तीन महिनाभित्र उक्त संस्था वा संघको कोष उपर त्यस्तो साहूले आफूले पाउनु पर्ने रकमको निमित्त दावी गरिसक्नु पर्नेछ । सो म्याद नाघेपछि परेका दावी उपर कुनै कारवाही हुने छैन ।
(३) उपनियम (१) मा लेखिएका काममा खर्च गरी सक्दा पनि सम्बन्धित संस्था वा संघको कोषको रकम बाकी रहन आएमा उक्त रकम रजिष्ट्रारको निर्देशन बमोजिम देहायको प्राथमिकता क्रम अनुसार हस्तान्तरण गर्न सकिनेछ ।
(क) विघटित संस्था वा संघको कार्यक्षेत्रमा सेवा पुयाउन सक्ने नजीकको सोही प्रकृतिको अन्य कुनै संस्था वा संघ,
(ख) सो संस्था वा संघ सदस्य भएको सोही प्रकृतिको माथिल्लो संघ,
(ग) राष्ट्रिय सहकारी संघ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारले रजिष्ट्रारको सिफारिसमा उपनियम (१) अनुसार खर्च गरिसकेपछि बाकी रहन आएको त्यस्तो संस्था वा संघको कोषको रकम सहकारी आन्दोलनलाई योगदान पुयाउने अन्य कुनै निकायलाई हस्तान्तरण गर्न सक्नेछ ।